Logo

श्रमिक सूचना बैंक शुरू



काठमाडौं, भदौ १६ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले औपचारिक रूपमा श्रमिक सूचना बैंक शुरू गरेको छ ।

नेपालमा पहिलोपटक सरकारी पहलमा श्रमयोग्य व्यक्तिगत विवरण प्राप्ति एवम् अद्यावधिक श्रम बजारमा उपलब्ध रोजगारी र श्रमिकका योग्यताबारे जानकारी गराउने उद्देश्यले यस्तो बैंकको अवधारणा शुरू भएको हो ।

नेपालको श्रम बजारमा औपचारिक क्षेत्रका कर्मचारी तथा श्रमिकहरूको आधिकारिक तथ्यांक उपलब्ध भए पनि अनौपचारिक क्षेत्रमा काम गर्ने कामदार तथा श्रमिककोे आधिकारिक तथ्यांक सरकारी संस्था तथा मजदूर संगठनमा अभिलेख छैन ।

कोरोना संक्रमणपछि उत्पन्न समस्याका कारण अहिले नेपालमा कति कर्मचारी तथा श्रमिकले रोजगारी गुमाए, कति समस्यामा छन्, अनौपचारिक क्षेत्रमा रहेकाको रोजगारी अवस्थाको तथ्यांक नै पाउन मुश्किल भएका बेला सरकारले यस्तो बैंकको अवधारणा ल्याएको हो ।

मन्त्रालयले यस बैंकमार्फत रोजगारदाता र बेरोजगारबीच मध्यस्थकर्ताको भूमिकामा रहेर रोजगारीका क्षेत्र र जनशक्तिको मागलाई समन्वय गर्नेछ ।

आइतवारदेखि शुरू भएको यो बैंक पनि रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) अन्तर्गतकै अंग रहेको मन्त्रालयको भनाइ छ । श्रमिक सूचना बैंक ‘जब पोर्टल’सहित ‘जब सर्च’ र ‘जब एक्सचेन्ज सेन्टर’का रूपमा सञ्चालन हुने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्