Logo

उपत्यकामा दुई हजार वेड क्षमताको क्वारेन्टाइन बनाइँदै



काठमाडौं, भदौ १६ । सरकारले काठमाडौं उपत्यकामा दुई हजार वेड क्षमताको क्वारेन्टिन शीघ्र निर्माण गर्ने निर्णय गरेको छ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थाका साथै उपचारका निम्ति उक्त स्थल निर्माणको जिम्मेवारी सहरी विकास मन्त्रालयलाई दिइएको छ।

मन्त्रिपरिषदको आइतबार बसेको निर्णय सोमबार सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले सहरी विकास मन्त्रालयलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ अनुसार आवश्यक सामग्री खरिद गर्ने अनुमति दिएको जानकारी दिए।

सरकारले वाह्य उडानको व्यवस्था गर्दा आइसोलेसन बेडको क्षमता हेरेर दैनिक ८ सय यात्रु नबढ्ने गरी प्रबन्ध मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयलाई निर्देशन दिएको छ।

संक्रमण जोखिम कायमै रहेकाले भदौ १६ गतेदेखि सुरु गर्ने भनिएका सार्वजनिक यातायात र आन्तरिक उडान असोज १ गतेसम्मका लागि सारिएको बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्