एजेन्सी, १६ भाद्र । बलिउड अभिनेता अभिषेक बच्चनले कोरोना भाइरसलाई जितेपछि एक नयाँ महंगो कार खरिद गरेका छन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनको कपालको स्टाइल र नयाँ कारको चर्चा भइरहेको छ । वास्तवमा उनी सोमबार नयाँ कारमा देखिएका थिए , जुन उनले हालै मात्र खरिद गरेका हुन् । धेरै कार भएको बच्चन परिवारमा एक नयाँ कारको सदस्य थपिएको हो र उनले नयाँ कारको फोटो सेयर गरेका छन् ।
अभिषेकले सेतो रंगको मर्सिडिज बेंच खरिद गरेका हुन् । यसको मोडल ३५० डि हो । सेतो रंगको यो कार धेरै शानदार देखिन्छ । यो शानदार कारको मुल्य १ करोड ३८ रुपैयाँ रहेको छ । विशेष कुरा चाही केछ भने कारको रजिष्ट्रेसन अमिताभ बच्चनको नाममा छ र रजिष्ट्रेसन ३१ मार्च २०२०मा गरिएको छ ।
अभिषेक र अमिताभ बच्चनसँग यस अघि नै राम्रा कारहरु छन् । अमिताभले रोल्स रायल कारको प्रयोग गर्दै आएका छन् । बच्चन परिवारका मानिसहरु फरक फरक कारमा देखिन्छन् । अभिषेकसँग पहिले देखि नै पनि मर्सिडिज–बेंन्ज एस –क्लास जस्तो लक्जरी कार रहेको थियो ।
जया बच्चनले राज्यसभामा वच्चन परवारसँग १२ गाडी रहेको र जसको मुल्य १३ करोड रुपैयाँ भएको बताएकी थिइन् । उनीहरुका सवारी साधनहरु पोशे, रेंज, रोवर, मर्सडीजको साथै टाटा न्यानो र ट्याक्टर पनि रहेका छन् । अमिताभ वच्चनले ३.४ करोड रुपैयाँ र जया बच्चनले ५१ लाख रुपैयाँको घडी लगाउछन् । बच्चन दम्पतिको साथमा ९ लाखको एक कलम पनि छ ।