Logo

अजय देवगन मुम्बई, काजोल सिंगापुरमा, कोरोना भाइरसको कारण भए अलग



एजेन्सी, १६ भाद्र । कोरोना भाइरसको कारण सबैको जीवनशैलीमा परिर्वतन आएको छ । कामको बीचमा आफु र आफ्नाहरुलाई सुरक्षित राख्ने जिम्मेवारी पनि आफ्नै हुन्छ । भारतमा फिल्मको सुटिङको अनुुमति दिएपनि कम मात्रामा सुर्टिङ भइरहेका छन् । सिनेमा घरपनि हालसम्म बन्द नै छन् । सिनेमा घर संचालन गर्न माग गरिरहेका छन् ।

अभिनेता अजय देवगनले पारिवारिक जिम्मेवारी निभाइरहेका छन्, उनलाई साथ दिदैछिन् पत्नी अभिनेत्री काजोलले । कोरोना भाइरस चलिरहेको समयमा दुवैजना २ हजार मिल टाढा रहेका छन् ।

अजय र काजोलको छोरी न्यासा सिंगापुरमा अध्ययन गर्दै थिइन् । । धेरै देशमा कोविड–१९ को कारण लकडाउन भयो र स्कुल कलेज बन्द भएपछि काजोल सिंगापुरमा छोरी लिन पुगिन् र मुम्बईमा फिर्ता लिएर आइन् ।

परिस्थिति सामान्य हुँदै गएको छ केही देशका विद्यालय र कलेजहरु खुलेका छन् । न्यासाको पनि कलेज खुलेको छ । उनीहरुले छोरीको पढाइ नछुटोस भनेर काजोल फेरी छोरीलाई पुर्याइदिन सिंगापुर गएकी छिन् ।

छोरीलाई एक्लो महसुस नगराउन माता वा पिता मध्ये एक जना सँगै बस्ने सल्लाह अनुसार काजोल सिंगापुर गएकी हुन् । अजय यता फिल्ममा व्यस्त छन् । सिंगापुरमा न्यासाको लागि एक अर्पाटमेन्ट लिएका छन् । उनको साथमा काजोल केहि महिना रहनेछिन् ।

यता छोरा युगको जिम्मेवारी अजयले लिइरहेका छन् । यसरी अजय र काजोल एक–एक बच्चाको जिम्मेवारी बोकेका छन् । अजय आफ्नो फिल्म ‘भुजः द प्राइड अफ इन्डिया’को पोस्ट प्रोडक्सनमा व्यस्त छन् । उनको फिल्म चाडैनै ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ । यसको साथै अजयसँग मैदान, कैथी का रीमेक, गोलमाल फाइब र चाणक्य जस्ता फिल्म पनि छन् ।



प्रतिक्रिया दिनुहोस्