Logo

सोह्र श्राद्धमा के गर्नु हुन्छ के गर्न हुँदैन



हिन्दुहरुले सोह्र श्राद्धलाई पितृलाई सन्तृष्ट पार्ने सबैभन्दा महत्वपुर्ण समयको रुपमा हेर्ने गर्छन् । आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । भाद्र शुक्लपुर्णिमा देखि आश्विन औंसी सम्मका १६ तिथिमा श्राद्ध गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । तर तिथि घट्ने बढ्ने हुँदा दिन तल माथि हुनसक्छ ।

श्राद्ध पक्षमा आफ्ना पितृलाई सन्तुष्टि बनाउने, उनीहरुलाई अनन्त तृप्त गराउने र उनीहरुबाट आर्शिवाद प्राप्त गर्ने उद्देश्यले प्रत्येक मानिसले आफ्ना पितृको श्राद्ध गर्नु पर्छ । जसले आफ्नो पुर्वज र पितृको सम्पत्ती उपभोग गर्छ, तर उनकै श्राद्ध नगरेमा यस्ता सन्तानलाई पितृले दुख दिने गर्छन् ।

श्राद्ध गर्दा यी ६ कुरामा ध्यान दिनु पर्छ ।

१. खानाको व्यवस्था र ब्राहणको उपस्थिती ।

२. श्राद्धको लागि उचित तरिकाले सर सफाई, शान्त चित्त, नरिसाउने, धैर्य गरेर पुजा पाठ गर्ने । (कहिल्यैपनि पुजा पाठ हडबडिएर गर्नुहुँदैन । )

३. श्राद्धको लागि उचित चीजहरु व्यवस्था गर्ने– कुश, मह, तोरीको साग, तिल, चामल, जौ, जल, र फल ।

४. ३ चीजहरु शुद्धिकारक हुन्छन् । छोरीको छोरालाई भोजन गराउने, तिल र नेपाली कम्बल

५. श्राद्धमा कहिल्यै पनि यी अन्न र खाद्य पदार्थ खानु हुँदैन । –मुसुरो, राजमा, कोदो, चना, कपिठ, अलसी, बासी खाना, समुन्द्रको जलबाट बनेको नुन । त्यस्तै श्राद्धको १६ दिन अवधि भर भैसी, हिरण, ऊँट, भेडा र खुर भएको पशुको दुध पनि निषेध गरिएको छ ।

६. श्राद्धमा दुध, घिउ र दहि पितृको लागि विशेष तृष्टिकारक मानिएको छ । श्राद्ध कहिल्यै पनि अर्काको घरमा गर्नुहुँदैन । जुन आफ्नो स्वामित्वमा छ त्यस स्थानमा मात्र श्राद्ध गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्