Logo

गौबध मुद्दाका फरार पक्राउ



तनहुँ, १६ भाद्र । विभिन्न मुद्दाका फरार प्रतिवादी भरत थापा भन्ने बिशाल पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको २०७१ फागुन १८ गतेको फैसलाले गौबध मुद्दामा १२ वर्ष कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी शुक्लागण्डकी नगरपालिका दुलेगौडाका पुन पक्राउ परेका हुन् ।

यसैगरी जिल्ला अदालत तनहुँको २०७४ साउन ३१ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका भिमाद नगरपालिकाका बालकृष्ण भुजेल भन्ने बल बहादुर घर्तीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

दुवै जना प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले आ–आफ्नै घरमा फेला पारी पक्राउ गरेको जनाएको छ । उनीहरूलाई जिल्ला अदालत तनहुँमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँ पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्