Logo

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ



उदयपुर, १६ भाद्र । खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा अनिस चौधरी पक्राउ परेका छन् । त्रियुगा नगरपालिका गैरुनका दुर्गा मगरलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

चौधरी समेत ४ जनाले मगरलाई खुकुरी प्रहार गर्दा घाइते भएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये चौधरीलाई पक्राउ गरेको जनाएको छ । घाइते मगरको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।

घटनामा संलग्न फरार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्