Logo

लक्षण भएका संक्रमितले नै पाउँदैनन् अस्पताल



काठमाडौं, भदौ १७। काभ्रेका रविन सेढाईंलाई कोरोना संक्रमण भएको भन्दै कुपण्डोलस्थित विध म्यानेजमेन्टले आइतबार सम्पर्क ग(यो । त्यसपछि उनी अलमलमा परे । काठमाडौंका विभिन्न अस्पताल धाए ।

तर, उनले शय्या पाउन सकेनन् । उनले भने, ‘संक्रमित भए पनि अस्पतालले भर्ना गर्नै मान्दैनन् । म पनि सोमबार दिनभरि भौतारिएँ ।’ उनले आफूसँगै संक्रमण पुष्टि भएका नौ जना सेल्फ आइसोलेसनमा बसेको बताए ।

काठमाडौंकी ५७ वर्षीया राधिका महर्जनलाई सोमबार कोरोना पुष्टि भयो । उनी घरमै सेल्फ आइसोलेसनमा बसेकी छन् । तर, उनलाई अक्सिजनको कमी भएपछि सास फेर्न गाह्रो भयो । विभिन्न अस्पताल चहार्दा समेत उनी भर्ना हुन पाएकी छैनन् । काठमाडौं उपत्यकासहित देशभरका केही अस्पतालले कोरोना भाइरस संक्रमण पुष्टि भएकालाई भर्ना गर्न आनाकानी गर्दा संक्रमितले समस्या भोग्नुपरिरहेको छ ।

रिपोर्ट पोजेटिभ आएमा संक्रमित आफँैले पनि स्वास्थ्य मन्त्रालयका डा माधव लम्साल र लीला विक्रम थापालाई सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इडिसिडीले लक्षणसहितका संक्रमितले डा लम्साललाई ९८५१२३४२२९ र लक्षण नभएका संक्रमितले थापालाई ९८५११४७३६१ मा फोन गर्न आग्रह गरे पनि केही संक्रमितहरूले आफूहरूलाई बेवास्ता गरेको बताएका छन् ।

यस्तै, मंगलबार देशभर थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २२ हजार १ सय ७८ जना उपचारपछि निको भएका छन् ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्