Logo

घरघरै दिवङ्गत आफन्तको श्राद्ध गरिँदै

काठमाडौं, भदौ १७ । असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि शुरु भएको छ । यसअघि वार्षिक श्राद्ध (बरखी) गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ ।

मैथिल हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थलमा गएर दिवङ्गतजनको सम्झनामा श्राद्ध गरेर तर्पण, पिण्ड दिने गरिन्छ । यसपटक भने कोभिड–१९ महाव्याधिको सङ्क्रमण छल्न मिथिला क्षेत्रका जताततै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हुँदा घरघरै श्राद्ध गरेर तर्पण, पिण्ड दिने मैथिलहरुले तयारी गरेका छन् । यस पक्षभरि (पितृपक्ष) दिवङ्गत आत्माहरु मत्र्यलोक (पृथ्वी) मा विचरण गर्न आउने र आफ्ना सन्तानले दिएको तर्पण, पिण्ड तत्काल ग्रहण गर्ने विश्वासले हिन्दू मैथिल यस अवधिमा शुद्ध आचरणमा रही श्राद्ध गर्ने परम्परामा बाँधिएका कर्मकाण्डका ज्ञाताहरुको भनाइ छ ।

असोज कृष्णपक्षभरि पार्वण (महालय) र एकोपार्वण तथा तीर्थश्राद्धको परम्परा छ । यस पक्षबाहेक अन्यबेला तिथि परेका दिवङ्गतको सम्झनामा पार्वण र यसै पक्षमा तिथि परेका (दिवङ्गत भएका) पितृहरुको सम्झनामा एकोपार्वण श्राद्ध गर्ने हिन्दू मैथिल परम्परा रहेको महोत्तरीको बर्दिवास नगरपालिका–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता महेशकुमार झा बताउन्छन्।

पितृपर्व मानिने यस पक्षमा भारतको बिहार राज्यमा पर्ने गया तीर्थस्थलमा श्राद्ध गर्न उत्तम मानिन्छ । यस्तो सम्भव नहुँदा नजिकको तीर्थस्थलमा श्राद्ध गरेर मैथिल आफ्ना दिवङ्गतको सम्झना गर्ने गर्छन् । असोज कृष्ण प्रतिपदादेखि औँसीसम्मका १५ तिथि भए पनि पूर्णिमा तिथि हुनेको श्राद्ध पनि औँसीमा गर्न सकिने हुँदा सोह्र वटै तिथिको प्रतिनिधित्व हुनेगरी यसपक्षलाई ‘सोह्रश्राद्ध’ भनिएको कर्मकाण्डका ज्ञाताहरुको भनाइ छ ।

यस पक्षबाहेक दिवङ्गत हुनेहरुको तिथिमा एकोद्दिष्ट श्राद्ध गरिने र तिथि परेका पितृलाई एक पिण्ड दिने परम्परा छ तर यस पक्षमा गरिने पार्वण श्राद्धमा भने मातृकुल (मावल), पितृकुल (पिताकुल), गुरुजन र अविवाहित दिवङ्गत दिदीबहिनीलाई पनि तर्पण र पिण्ड दिइने भङ्गाहा नगरपालिका–५ सिद्धपुरका बासिन्दा अर्का कर्मकाण्डका ज्ञाता रामनारायण झा बताउनुहुन्छ । यस पक्षमै तिथि परेका (निधन भएका)हरुको सम्झनामा गरिने एकोपार्वण विधिको श्राद्धमा एकोद्दिष्ट र पार्वणका दुवै विधि मिश्रण रहेको झाको भनाइ छ ।

पितृपक्ष हिन्दू मैथिल परम्परामा अत्यन्त पवित्र मानिने र यस पक्षभरि आफ्ना दिवङ्गतहरुको सम्झना गर्दै सात्विक आचरणमा रहने कर्मकाण्डीय शास्त्रीय मत छ । हिन्दू परम्परामा घरमा कुनै शुभकार्य गर्नुअघि पितृहरुको स्मरण गर्दै नान्दीमुख श्राद्ध गरिने परम्पराकै यो निरन्तरता भएको मिथिला परम्पराका ज्ञाता बताउँछन् । असोज शुक्लपक्षको प्रारम्भसँगै हिन्दूहरुको महान पर्व बडादशैँ, त्यसलगत्तै तिहार र छठजस्ता राष्ट्रिय पर्व पर्ने भएको हुँदा त्यसअघि पितृस्मरणका लागि सिङ्गो पक्ष छुट्याइएको हुनसक्ने महोत्तरीकै मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का साहित्य विषयका उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ । यसपालि भने असोज कृष्णपक्ष समाप्तीसँगै अधिकमास प्रारम्भ हुने भएको हुँदा चाडपर्व एक महिनापछि धकेलिएका छन् ।

पितृपक्ष प्रारम्भ हुनासाथै पुरोहित ब्राह्मणहरुको व्यस्तता बढेको छ । वर्षभरिका सबै तिथिको पार्वण श्राद्ध यसै पक्षभित्र गरिने भएकाले एकैदिन चार÷पाँच ठाउँसम्म श्राद्ध गराउनु पर्ने हुँदा पुरोहित ब्राह्मणहरुको व्यस्तता बढेको हो । एकोद्दिष्ट, एकोपार्वण र तीर्थश्राद्धभन्दा बढी विधि हुने हुँदा पार्वण श्राद्धमा समय बढी लाग्ने गरेको पुरोहित महेशकुमारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्