Logo

तत्काल आन्तरिक उडान खोल्न सजह छैन: महानिर्देशक पोखरेल



काठमाडौं, १७ भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालको हकमा तत्काल आन्तरिक उडान खोल्न त्यति सहज नभएको बताएका छन् ।

महानिर्देशक पोखरेलले विभिन्न जिल्ला, नगरमा निषेधाज्ञा जारी भएकाले आन्तरिक उडान खोल्न समस्या भएको बताएका हुन् ।

सरकारले भदौ १६ गतेबाट अन्तर्राष्ट्रियतर्फ नियमित व्यवसायिक उडान सुचारु गरेकोले अहिले स्वास्थ्य तथा सुरक्षाका मापदण्डको पूर्ण परिपालना गर्दै अन्तर्राष्ट्रिय उडानमात्र हुने उनले बताए ।

हवाई उडान सुचारु गर्ने विषयमा आफुहरु पहिलेदेखि नै तयारी अवस्थामा नै रहको र बीचमा पनि उद्धार तथा चार्टर उडान भएकोले सोही अनुसार नै अहिलेको हवाई ट्राफिक व्यवस्थापन गरिने महानिर्देशक पोखरेलले जानकारी दिए

अहिले दिनमा ८ सय यात्रु मात्रै ल्याउने गरी उडान तालिका स्वीकृत गरेको बताउँदै उनले अहिलेको नियमित उडानमा जुन देशमा पिसिआर परीक्षण सहज छ, त्यहाँबाट मात्र यात्रु ल्याउन पाउने र ती देशबाट नेपाल आउँदा आधिकारिक संस्थाबाट ७२ घन्टा ननाघेको पिसिआर नेगेटिभ भएको रिपोर्ट चाहिने र नेपाल आएपछि सरकारले लागू गरेका सर्तमा रहेर बस्नु पर्ने जानकारी दिए ।-रेडियो एनआरएन

 



प्रतिक्रिया दिनुहोस्