Logo

सुनको मूल्यमा भारी गिरावट, एकैदिन १२ सय रुपैयाँले घट्यो



काठमाडौँ १७ भदौ: आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ। सुनकाे मूल्य आज भने तोलामा १२ सय रुपैयाँले घटेको हो।

छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६५ रुपैयाँ निर्धारण गरिएको छ।



प्रतिक्रिया दिनुहोस्