Logo

उपत्यकामा एकैदिन  ३८८ जना कोरोना संक्रमित थपिए



काठमाडौं, १७ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन  ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ११ सय  २० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ३ सय ८८ जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले आज २४ घन्टामा  १ हजार १ सय १२ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका जानकारी दिएका हुन् । आजसम्म निको भई घर फर्कनेको सख्या २३ हजार  २ सय   ९० रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ३५० जना र ललितपुरका २९ जना र भक्तपुरका  ९ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ४१ हजार  ६ सय ४९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्