Logo

गाँजा बरामद



पर्सा, १७ भाद्र । अवैध लागूऔषध गाँजा मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । कालिकामाई गाउँपालिका झोलुङ्गे पुलस्थित सडकबाट करिब साढे ५ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

प्रहरी चौकी सबैठवाबाट गस्तीमा खटिएको प्रहरीलाई देखेर भेडियाहीबाट बन्जारीतर्फ जाँदै गरेको बीआर २२ एम ४६६९ नम्बरको मोटरसाइकल छाडेर मानिस फरार भएपछि मोटरसाइकलमा राखेको उक्त गाँजा प्रहरीले बरामद गरेको जनाएको छ ।

हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्