Logo

छोरी बलात्कार गर्ने बाबु पक्राउ



काठमाडौ, १७ भाद्र । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक बाबुलाई प्रहरीले पक्राउ गरेको छ । ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं शंखमुलका पुरुष मंगलबार राति पक्राउ परेका हुन् ।

आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेका पुरुषलाई प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यस्तै झापामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशी गाउँपालिका कटरडागीका हर्कबहादुर मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै कास्कीमा २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा अन्नपूर्ण टोलका हरि बहादुर गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई डर, धाकधम्की देखाई गत शुक्रबार राति जबरजस्ती करणी गरेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्