Logo

सेमी अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ



मोरङ, १७ भाद्र । सेमी अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ परेका छन् । विराटनगर कंचनबारीबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित कटहरी गाउँपालिकाका अभिषेक रायसहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

केही व्यक्तिहरुले व्यापारीहरुलाई धाकधम्की दिई रकम माग्ने तथा चोरी गर्ने कार्यमा संग्लन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल र उनीहरूले प्रयोग गरेको को.३२ प ७५२५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्