Logo

एकै दिनमा २८ जना फरार प्रतिवादी पक्राउ



कास्की, १७ भाद्र । एकै दिनमा २८ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । दण्डहिनता विरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रही विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा स्याङजा कोल्मा घर भई हाल पोखरामा बस्दै आएका सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकीएका अनिल थापा मगर, पोखराका बैंङकिङ् कसुर मुद्दामा ७ दिन कैद सजाय र ९ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएका धिरज गुरुङ र केही सार्वजनिक अपराध मुद्दामा ३ सय ५० रुपैयाँ देखि ५ हजार रुपैयाँसम्म जरिवाना तोकी फरार रहेका कास्की जिल्ला अन्तर्गतका विभिन्न स्थानमा बस्ने २६ जना प्रतिवादीहरु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत कास्कीमा पेश गरेको उक्त कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्