Logo

प्रहरी अधिकृतमाथि कंगना रनोटको गम्भीर आरोप



एजेन्सी, १७ भाद्र । कंगना रनोटले मुम्बई प्रहरीका अधिकृतमाथि एक आपत्तीजनक ट्विट लाइक गरेको गम्भीर आरोप लगाएकी छिन् । तर मुम्बई प्रहरीको आधिकारीक ट्विटर ह्यान्डले यसको अस्वीकार गर्दै अनुसन्धानको माग गरेको छ ।

वास्तवमा मुम्बईका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी तस्वीरमा हलिउडको ‘वाक अफ फेम’ प्रतीकमा ‘वाक अफ शेम’ सडकमा लेखिएको छ । जसमा नाम भाजपा प्रवक्ता सम्बित पात्रा, कंगना रनोट, अमीश देवगन र सुधीर चौधरीको नाम छ । यो टाइलर स्ट्रीट आर्ट नामको इन्स्टाग्राम एकाउन्टबाट सेयर गरिएको थियो, त्यसपछि ट्विटरमा छाउन थाल्यो ।

कंगनाले ट्विट गरिएको स्क्रिन सट सेयर गर्दै मुम्बई प्रहरीको अधिकृतको ट्विट एकाउन्टबाट लाइक गरेको आरोप लगाएकी छिन् । कंगनाले सुशान्त सिंहको पक्षमा लडिरहेका मानिसहरु प्रति गरिएको अपमानजनक ट्विटको विरोध गर्नुको सट्टा लाइक गरेर मुम्बई प्रहरीका कमिस्नरले दादागीरीलाई बढावा दिएको आरोप लगाएकी हुन् । उनले लेखेकी छिन्, ‘मुम्बई प्रहरी यति सम्म कहिल्यै नर्गिनु । लाज लाग्नु पर्थ्यो । ’

उनले अगाडी लेखेकी छिन्, प्रहरीले खुलेआम यस किसीमले धम्की दिन्छन् र अपराधको लागि पे्ररित गर्छन भने म मुम्बईमा सुरक्षित रहन सक्छु । मेरो सुरक्षाको लागि को जिम्मेवार ? कंगनाले प्रधानमन्त्री कार्यालयलाई पनि ट्याग गरेकी छिन् ।

उनको यस ट्विट्समा मुम्बईको प्रहरीले जवाफ दिएको छ जसमा लेखिएको छ, मुम्बई प्रहरी अधिकृतले यस ट्विटमा लाइक गरेको छैन । स्क्रिनसटको अनुसन्धान गर्न साइबर प्रहरीको कार्यालयमा निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्