Logo

दुई अध्यक्षको बैठक सकियो, आज ११ बजे सचिवालय बैठक बस्ने



काठमाडौँ, १८ भाद्र । नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुई अध्यक्षबीचको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठक  सकिएको हो ।  बिहीबार ११ बजेका लागि तय भएको सचिवालय बैठक बस्ने निर्णय भएको बालुवाटार स्रोतले बताएको छ । बैठक बालुवाटारमै बस्नेछ ।

आज बस्ने बैठकमा मुख्यतः कार्यदलले बुझाएको प्रतिवेदनमा केन्द्रित छलफल हुने बताइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साँझ सवा पाँच बजे बालुवाटार पुग्नुभएको थियो ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार  बिहीबार बिहान ११ बजे तय भएको बैठक सञ्चालन गर्ने दुवै अध्यक्षबीच सहमति बनेको छ । यसअघि गत शनिबार १३ गते तय भएको सचिवालय बैठक १८ गतेका लागि सारिएको खबर आजको गोरखापत्रले छापेको छ ।

 



प्रतिक्रिया दिनुहोस्