काठमाडौं, १८ भदौ । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण बाहिर ल्याएका विजय प्रकाश मिश्रले आफू ७ दिनभित्र अख्तियारमा उपस्थित् हुन नसक्ने बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मिश्रले यस्तो बताएका हुन् । उनले यो प्रकरणमा आफूले मुद्दा जित्ने पनि दाबी गरेका छन् ।