काठमाडौं, १८ भदौ । निषेधाज्ञा थप्ने/नथप्नेबारे सरोकारवाला पक्षबीच घम्साघम्सी परेको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा ललितपुरका सिडिओ नारायण प्रसाद भट्ट, ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष मोहन कुमार बस्नेत र नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालबीच घम्साघम्सी परेको हो ।