Logo

मच्छिन्द्रनाथको रथ तान्नेलाई रोक्न खोज्दा स्थानीय र प्रहरीबीच झडप



ललितपुर, १८ भाद्र । रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले रथ तान्न खोज्दा प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा स्थानीयले प्रहरीमाथि ढुंगा हानेका थिए ।

विवाद बढेपछि पुल्चोक क्षेत्र तनावग्रस्त भएको छ । स्थानीयले जिल्ला प्रशासनलाई पटक—पटक रथ तान्नका लागि आग्रह गर्दै आए पनि विश्वभर महामारी फैलिएको कोरोना भाइरसका कारण प्रशासनले रोक्दै आइरहेको थियो ।

स्थानीयले आज प्रशासनले लामो समयदेखि रोकिराखेको रातो मच्छिन्द्र नाथको रथ आज तान्ने प्रयास गरेपछि प्रहरी र स्थानीयवासीबीच दोहोरो भिडन्त भएको हो । भिडन्तमा प्रहरीले अश्रुग्याँस, पानीको फोहोरा हानेको छ भने स्थानीयले दुई जना ट्राफिकलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्