Logo

बलात्कारका घटना दिनप्रतिदिन बढ्दै



काठमाडौं, १८ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । काठमाडौंकी १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी बस्ने मुगु घर भएका लोकेन्द्र बहादुर मल्ल र मुगु खत्याडका रतन बहादुर शाही रहेका छन् । ती किशोरीलाई २ जनाले मंगलबार जबरजस्ती करणी गरी फरार भएको सुचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै सुनसरीकी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान बस्ने सुवास भन्ने भोज कुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ती बालिकालाई आइतबार जबरजस्ती करणी गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्