Logo

ज्यान मार्ने उद्योग मुद्दाका फरार पक्राउ



कैलाली, १८ भाद्र । ज्यान मार्ने उद्योग मुद्दाका फरार धन शाहीलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा मंगलबार प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दाका फरार जानकी गाउँपालीकाका शाही आफ्नै घरबाट पक्राउ परेका हुन् ।

जानकी गाउँपालिका बस्ने धन बहादुर चौधरीलाई सोही ठाउँस्थित दुर्गौलीतर्फ जाने बाटोमा होली पर्वको कार्यक्रम हेर्न गईरहेको समयमा केही व्यक्तिहरुले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा संलग्न शाहीलाई जिल्ला अदालतको २०७१ जेठ २७ गतेको फैसलाले ५ वर्ष कैद ठहर भएको थियो ।

घटनास्थलबाटै भागी फरार रहेका शाहीलाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्