Logo

जलविद्युत्को शेयरमा बढ्यो आकर्षण



काठमाडौं, भदौ १९ । बीमाक्षेत्रले बढाइरहेको शेयरबजारमा पछिल्लो समय जलविद्युत् कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढेको छ ।

भदौ १८ गते सूचीकृत ३३ ओटा जलविद्युत् कम्पनीका शेयरमूल्य बढ्यो । १ महीनायता जलविद्युत् कम्पनीहरूको शेयर मूल्य औसतमा १३ दशमलव ४३ प्रतिशतले बढेको छ ।

साउन मसान्तको तुलनामा भदौ १८ गतेसम्ममा सबै जलविद्युत् कम्पनीहरूको शेयर मूल्य बढेको छ । भदौ १८ गते जलविद्युत् कम्पनीहरूको शेयरप्रति लगानीकर्ताहरूको आकर्षण उच्च देखियो ।

यस दिन कारोबारमा आएका १२ समूहमध्ये जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव २६ प्रतिशतले बढेको थियो । जलविद्युत् कम्पनीको शेयरको मूल्य निकै तल आएकाले सस्तो शेयर किन्न लगानीकर्ता आकर्षित भएका हुन् ।

बैंकको ब्याजदर घटेपछि त्यसको असर शेयरबजारमा देखिन थालेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्