Logo

को थिए ? ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने



काठमाडौं, भदौ १९ । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले बिहीबार राति उनीहरूलाई पक्राउ गरेको ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१६ गावाहालका ४० वर्षीय महेश बज्राचार्य र ४० वर्षीय रविन शाक्य, वडा–११ बंगलामुखीका ३९ वर्षीय पृथविन्दु महर्जन र वडा–२१ का ३८ वर्षीय अशोजकुमार महर्जन छन् । यसैगरी, वडा–६ का ३६ वर्षीय रवि शाक्य, महालक्ष्मी नगरपालिका–१ इमाडोलका ४३ वर्षीय सुविन शाक्य, इमाडोलकै ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमीका ३२ वर्षीय श्याम श्रेष्ठ र काठमाडौं महानगरपालिका–१६ का ४० वर्षीय यादवलाल कायस्थ पनि पक्राउ परेका छन् ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्