Logo

मेलम्ची नगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच समझदारी



सिन्धुपाल्चोक, १९भदौ : काठमाडौंँ विश्वविद्यालय र मेलम्ची नगरपालिकाबीच आपसी सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार विश्वविद्यालयले नगरपालिकाको समग्र र दिगो विकासका लागि प्राविधिक सहयोग प्रदान गर्ने, नगरपालिकासँगको साझेदारीमा शैक्षिक गुणस्तर सुधारका लागि अनुसन्धान गर्ने तथा नगरको समग्र विकासका लागि आवश्यक अल्पकालीन एवं दीर्घकालीन परामर्श सेवा उपलब्ध गराउने छ ।

समझदारीपत्रमा काविविका उपकुलपति प्रा डा. रामकण्ठ मकाजु श्रेष्ठ र नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले हस्ताक्षर गरे । सो समझदारीले नगरपालिकामा शिक्षक तालीममार्फत सार्वजनिक शिक्षा क्षेत्रको गुणस्तर सुधार हुने, विशेषज्ञसहितको स्वास्थ्य सेवा विस्तार हुने, जलाधार संरक्षणमा मद्दत पुग्ने, विपत् व्यवस्थापनमा सहयोग पुग्ने, स्वरोजगारमूलक सीपयुक्त जनशक्ति उत्पादन हुने तथा वातावरणमैत्री दिगो पूर्वाधार विकासमा सहयोग पुग्ने विश्वास नगर प्रमुख अर्यालले व्यक्त गरे ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्