Logo

लागूऔषधसहित पक्राउ



काठमाडौं, १९ भाद्र । अवैध लागूऔषधसहित ३ जनालाई व्यास नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको छ । व्यास शेरास्थित सडकबाट १४ एम्पुल डाईजेपाम, १४ एम्पुल फेनारगन र १४ एम्पुल नोर्फिनसहित ३ जना बुधबार साँझ पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा व्यास गल्बुबेशीका सन्तोष राणा, भादगाउँका सन्तोष कार्की र शुक्ला गण्डकी प्रगतिटोलका आशिष श्रेष्ठ रहेका छन् । उनीहरूलाई जिल्ला अदालत तनहुँबाट लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यस्तै सिराहाको भगवानपुर गाउँपालिका स्थित सडकबाट करिब १२ केजी अवैध लागूऔषध गाँजा बिहीबार बेलुका प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ बोरा छाडी मानिस फरार भएपछि बोरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएको हो । घटनामा संलग्न फरार व्यक्तिको प्रहरीले खोजी भैरहेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्