Logo

स्रोत नखुलेको २० लाख रुपैयाँसहित ३ जना पक्राउ



बारा, १९ भाद्र । स्रोत नखुलेको रकमसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बारागढी गाउँपालिका बिशनपुर्वा टोलबाट स्रोत नखुलेको २० लाख रुपैयाँ नगद सहित रौतहट बिन्दावनका सुजित कुमार साह लगायत ३ जना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्