काठमाडौं, १९ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ४५४ सय जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३ सय ५९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४५४ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १३ हजार ६ सय ६८ जनाको पिसीआर परिक्षणमा १३ सय ५९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
त्यसैगरी आज २४ घन्टामा १३ सय ५४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २५ हजार ५ सय ६१ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३८६ जना र ललितपुरका ३२ जना र भक्तपुरका ३६ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ४४ हजार २ सय ३६ पुगेको छ ।