Logo

सात कोरोना सङ्क्रमितको सुरक्षित सुत्केरी गराउन सफल



कर्णाली, २० भाद्र । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सात जना कोरोना सङ्क्रमित गर्भवतीको सुरक्षित सुत्केरी गराइएको छ । अस्पतालमा सुत्केरीका लागि आउनुभएका सात जना गर्भवतीको जोखिमबीच सफल सुत्केरी गरिएको प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा। सुबी बस्न्यातले जानकारी दिनुभयो ।

डा। सुबी बस्न्यात र उहाँ नेतृत्वको टोलीलाई कोभिड–१९ को त्रासका बीच सात गर्भवतीलाई सुत्केरी र शल्यक्रिया गर्नु सहज थिएन । यही महामारीको सङ्कटमा उक्त टोलीले कोरोना सङ्क्रमित पाँच जना गर्भवतीलाई नर्मल सुत्केरी र दुई जनालाई शल्यक्रिया गर्न सफल भएको छ ।

सामान्य सुत्केरीलाई शल्यक्रिया गर्दाको जोखिम हुन्छ । यसपटक आफ्नो ज्याननै धरापमा राखेर कोरोना सक्रमितको ज्यान जोगाएर सेवा गर्न पाएकोमा डा। सुबीसहितको टिम खुशी भएको छ । शुरुमा सिंजा गाउँपालिकाको कोरोना सङ्क्रमित गर्भवतीलाई सुत्केरी गराउँदा निकै डर लागेको थियो तर पछि बिस्तारै डर कम हुँदैगएको र सफल भएको जनाइएको छ ।

प्रतिष्ठानले सङ्क्रमणको जोखिमको समयमा नर्स तथा शल्यक्रिया कक्षका सबै स्टाफको ठूलो भूमिका रहेको जनाएको छ । टोलीले अहिले कालीकोट महावै गाउँपालिका, जुम्ला गुठिचौर, सिंजा, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका कोरोना सङ्क्रमित सात गर्भवतीको शल्यक्रिया र सुरक्षित सुत्केरी गराएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको तथ्याङ्कमा छ ।

सङ्क्रमित गर्भवतीको सुत्केरी तथा सल्यक्रियामा स्त्रीरोग विशेषज्ञ डा। राजीव शाह, एनेस्थेसियोलोजिष्ट डा। रविन खातुङ लगायतको टोलीले सफल पारेको छ । स्त्रीरोग विशेषज्ञ डा। शाहले सङ्क्रमित सात गर्भवतीमध्ये चारको सामान्य सुत्केरी, दुईको शल्यक्रिया र एक जना सिभियर प्रिक्लाम्सिया ९गर्भपति अवस्थामा उच्च रक्तचापबाट हुने समस्या० भएको गर्भवतीको पनि उपचार गराइएको जानकारी दिनुभएको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्