Logo

ललितपुरका १८ सहित ६१ जना प्रहरीमा कोरोना सङ्क्रमण



काठमाडौँ, २० भाद्र । काठमाडौँ उपत्यकामा ६१ जना प्रहरीमा कोरोना सङ्क्रमण देखापरेकोे छ । ललितपुरमा कार्यरत १८ जना प्रहरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता सुशीलकुमार यादवले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

तर ती सङ्क्रमित प्रहरी हिजो पुल्चोकमा भएको झडपमा भाग लिएकोबारे आफूलाई जानकारी नभएको बताउनुभएको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्