Logo

मेसी बार्सिलोनामै बस्ने



एजेन्सी, २० भाद्र । लिओनल मेसी बार्सिलोनामै बस्ने भएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार मेसीका एजेन्टसमेत रहेका उनका पिता जोर्गे मेसी र बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउबीच दोस्रोपटक भएको बैठकबाट मेसी बार्सिलोनामा बस्ने सहमति बनेको जनाएको छ ।

योसँगै मेसीले बार्सिलोनामा कम्तीमा पनि एक सिजन निरन्तरता दिने पक्का भएको छ । तर, हालसम्म बार्सिलोना र मेसी स्वयंले यसबारे औपचारिक रूपमा भने घोषणा गरेका छैनन् । तर, आगामी २४ घन्टाभित्रमा मेसीले सार्वजनिक रूपमा बार्सिलोनामै रहने घोषणा गर्ने तयारी गरेको बताइएको छ ।

गत साता मेसीले अप्रत्यासित रूपमा ब्युरो फ्याक्समार्फत् बार्सिलोनालाई आफूले क्लब छाड्ने फैसला पठाउँदा आफ्नो एक वर्षको सम्झौता खारेज गर्न अनुरोध गरेका थिए । मेसीले आफ्नो रिलिज क्लज खारेज गरी आफूलाई रिलिज गरिदिन भनेका थिए ।

मेसी जानसक्ने भनिएको प्रमुख दावेदार इंग्लिस क्लब म्यानचेस्टर सिटीले मेसीका लागि ७ सय मिलियन खर्च गर्न नसक्ने र बार्सिलोनाले फ्रि ट्रान्सफरमा नछाड्ने भएपछि मेसी बाध्य भएर एक सिजन थप बार्सिलोनामै रहन बाध्य भएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्