Logo

पहिलो आरोहण अनुमति प्रदान



काठमाडौं, भदौ २० । कोभिड–१९ सङ्क्रमणका कारण शिथिल पर्यटन क्षेत्रका लागि आशाको सञ्चार गराउने खबर छ ।

महामारीले विश्वमै चर्चित नेपालको आरोहण क्षेत्र पनि प्रभावित बनेको समयमा सरकारले शुक्रबार वर्षकै पहिलो आरोहण अनुमति प्रदान गरेको छ ।

आरोहण अनुमति प्रदान गर्ने पर्यटन विभागले शुक्रबार हिउँदयामका लागि वरुण से हिमालका लागि एउटा टोलीलाई उक्त अनुमति दिएको हो ।

विभागका अनुसार सात हजार १२९ मिटर उचाइको उक्त हिमालका लागि छ जनासहितको उक्त टोलीलाई अनुमति प्रदान गरिएको हो । अनुमतिबापत सरकारले १८ हजार रुपियाँ रोयल्टीसमेत प्राप्त गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्