Logo

बिनोद चौधरी कोराना संक्रमणमुक्त



काठमाडौं, २० भाद्र । उद्दोगी बिनोद चौधरी कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । उनी दश दिनमै संक्रमणमुक्त भएका हुन् ।

नेपालका एकमात्र डलर अर्बपति चौधरीले आज ट्वीट गर्दै आफू दश दिन उपचारपछि संक्रमणमुक्त भएको जानकारी दिएका छन् । उनले आफूलई सबैको माया र प्रेरणाले ठूलो ऊर्जा दिएको र कोरोनाको संक्रमणबाट मुक्त भएको बताएका छन् ।

सांसद समेत रहेका चौधरीले भनेका छन्, ‘मैंले जीवनमा तपाईंहरुजस्ता आफन्त, इष्टमित्र, साथीभाइ र शुभेच्छुक कमाएको रहेछु । यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु ।’



प्रतिक्रिया दिनुहोस्