Logo

नेपाल-भारत वार्ताका लागि गहन पहल



काठमाडौं, २१ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन संवादपछि दुई देशका संयन्त्रहरूबीच वार्ताका गृहकार्य भइरहेका छन्। भारतीय स्वतन्त्रता दिवसका अवसरमा साउन ३१ गते प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका थिए। प्रधानमन्त्री ओलीको त्यही टेलिफोनले नेपाल र भारतबीचको संवादहीनता अन्त्य गराइदिएको हो।

दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीहरू केहीयता नेपाल र भारतबीच स्थापित विभिन्न संयन्त्रको वार्ता गर्ने आन्तरिक तयारीमा जुटेका छन्। नेपाल(भारत सचिवस्तरीय बैठक, बाउन्ड्री वर्किङ ग्रुप र नेपाल(भारत संयुक्त आयोगको बैठकको तयारी भइरहेको स्रोतले बताएको छ। यद्यपि ती बैठकको मिति तय भइसकेको छैन।

दुई मुलुकका विभिन्न संयन्त्रबीच हुन लागेका बैठकहरूले नेपाल(भारत सम्बन्ध सुधारोन्मुख देखिएको छ। ‘परराष्ट्रमन्त्रीस्तरीय बैठक गर्नेबारेसमेत तयारी भइरहेको छ’, परराष्ट्रका एक अधिकारीले अन्नपूर्णसँग भने। यसअघि भदौ १ मा नेपाल(भारत संयुक्त निगरानी संयन्त्र ९ज्वाइन्ट ओभरसाइट मेकानिज्म०को बैठक बसेको थियो। बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरूको समीक्षा गरेको थियो। भर्चुअल माध्यमबाट भएको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव र भारतका तर्फबाट भारतीय राजदूतले गरेका थिए।

निगरानी संयन्त्रको बैठकलाई दुवै मुलुकले उपलब्धिका रूपमा लिएका छन्। ‘नेपाल(भारत विभिन्न संयन्त्रको बैठकको तयारी भइरहेको छ। केही बैठक भइसकेका छन्’, भारतीय दूतावासका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘दुई प्रधानमन्त्रीबीचको टेलिफोन संवादपछि सकारात्मक दिशामा सम्बन्ध अघि बढिरहेको छ।’ दुई मुलुकका स्थापित संयन्त्रहरूबीच अब नियमित संवाद हुने ती अधिकारीले बताएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्