Logo

अफिमसहित पाँच जना पक्राउ



काठमाडौं, २१ भाद्र । २६ किलो अफिमसहित पाँच जना पक्राउ परेका छन् । जाजरकोटको नलगाड नगरपालिका छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिकाका मन बहादुर बिष्ट र जुम्ला तातोपानी गाउँपालिका हरिचन्द्र डाँगी रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी उनीहरुलाई जाँच गर्ने क्रममा उक्त अफिम सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

रुकुमको आठबिसकोट नगरपालिका जलिगार्डबाट १६ किलो अवैध लागूऔषध अफिम सहित ३ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । जाजरकोट नलगार्ड नगरपालिकाका प्रेम बहादुर सिंह लगायत ३ जना पक्राउ परेका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध व्यूरो र जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) बाट खटिएको प्रहरीले उक्त अफिम सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्