काठमाडौं, २१ भाद्र । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा आज तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ७४, ६८ र ८५ वर्षीय पुरुष हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनीहरुको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका हुन् । पछिल्लो समय काठमाडौंमा संक्रमित संख्या थपिने र मृतकको संख्या पनि थपिने क्रम जारी छ ।
यसअघि हिजो पनि काठमाडौंमा तीनजना पुरुषको मृत्यु पुष्टि भएको थियो । उनीहरु ४१, ५९ र ६५ वर्षका हुन् ।
मृतकको विवरण
१. काठमाडौंका ७४ वर्षीय पुरुष
२. काठमाडौंका ६८ वर्षीय पुरुष
३. काठमाडौंका ८५ वर्षीय पुरुष