Logo

सुहाना ‘ए मेरो हजुर ४’मा नयाँ भुमिकामा



काठमाडौं, २१ भाद्र । नेपाली चलचित्रमा भर्खर पाइला टेकेकी सफल नायिका हुन् सुहाना थापा । आमा झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर ३’ बाट चलत्रिच क्षेत्र प्रवेश गरेकी सुहानाले पहिलो फिल्मबाटै सिने अवार्ड र कामना अवार्ड समेत हात पारीन् ।

लकडाउन अगाडी चलचित्र ‘ए मेरो हजुर ४’ व्यस्त नायिका सुहाना अमेरिकाबाट अध्ययन गरेर फर्किएकी हुन् । पहिलो फिल्म ‘ए मेरो हजुर ३’ मा अभिनेता अनमोल केसी र सुहाना थापाको जोडीलाई दर्शकले निकै रुचाएका थिए । नयाँ फिल्ममा पनि यी जोडी हुनेछन् ।

निर्माता सुनिल कुमार थापा रहेको यो फिल्म दशैमा रिलिज हुने भनिएको थियो तर लकडाउनको कारण फिल्मको काम रोकिएको हो । अब २०७८ सालको दशैमा यो फिल्म रिलिज हुने बुझिएको छ ।

पहिलो फिल्ममा दर्शकले रुचाएको भुमिकामा अभिनय गरेकी सुहानाले दोश्रो फिल्ममा भने फरक खालको भुमिकामा देखिनेछिन्् । एक शुभचिन्तकले सामाजिक सञ्जालमा सुहानालाई ‘ए मेरो हजुर ४’ कहिले आउछ भनेर सोधेको प्रश्नको जवाफ दिएकी छिन् ।

जवाफमा आफ्नो अनुहार छोपेको हातमा प्लेकार्ड बोकेको एक तस्वीर राख्दै नाम–आर्या, पेशा– विद्यार्थी, उमेर–१९ र ठेगाना–पाटन दरवार स्कायर र तल अपराध, गुण्डागर्दी र मापसे लेखिएको छ । उनले देखाएको प्लेकार्ड अनुसार फिल्ममा उनी मापसे गर्ने, कुटपिटमा सम्लग्न र गुण्डागर्दी गर्ने एक विद्यार्थीको रुपमा रहेको अनुमान लगाउन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्