Logo

भगवान शिवको पुजामा शंख बजाउन नहुने यी कारण



भगवान शिवको बारेमा धेरै कुरा सुनेका छौ । शिव चाडै नै प्रसन्न हुने भएकोले भोले बाबाको नामले पनि पुकारीन्छ । शिव केहि सजिला तरीकाले पुकारेमा पनि खुशी हुन्छन् । उनको पुजा गर्न साना साना नियम पालन गर्नु अनिवार्य हुन्छ ।

भगवान शिवको पुजा गर्दा गल्तीले पनि शंख बजाउनु हुँदैन । शिव पुराणका अनुसार कुनै जमनामा शंखचुड नामक एक महापराक्रमी दैत्य थिए । दैत्यराज दम्भका छोरा थिए । दैत्यराज दम्भले केहि वर्षसम्म भगवान विष्णुको कठिन तपस्या गरे । र उनले तीन लोकको लागि अजय र महापराक्रमी छोराको वरदान मागे । यति मात्र नभएर दम्भको छोरा शंखचुडले ब्रह्मा जीको तपस्या गरेर उनले आफ्नो लागि अजेय हुनेको वरदान हासिल गरे ।

फलस्वरुप केहि समयपछि तीनै लोकलाई आफ्नो स्वामित्वमा पारे । शंखचुडले गरेको अत्याचारबाट तीनै लोक नराम्रोसँग प्रभावित भएका थिए । मानिसमात्र नभएर देवताहरु पनि दुखी थिए । यसबाट छुटकारा पाउनको लागि सबै जना शिवको शरणमा गए, तर शिव जी उनको वध गर्नमा असमर्थ थिए, किनकी शंखचुडलाई श्रीकृष्णको कवच र तुलसीको पतिव्रत धर्म प्राप्ती थियो ।

भगवान विष्णु जीले ब्राह्मणको भेषमा शंखचुडसँग श्रीकृष्णको कवच दानमा मागे । साथै शंखचुडको रुपमा तुलसीको शील पनि हरण गरे । यसपछि शिवजीले शंखचुडलाई आफ्नो त्रिशुलले भस्म गरिदिए । उनै शंखचुडको हड्डीबाट शंखको जन्म भएको हो । यसैकारण शिवजी को पुजामा शंखको प्रयोग वर्जित गरिएको हो । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्