Logo

ललितपुरका मेयर चिरिबाबु महर्जनलाई मार्छु भनी अन्तर्वाता दिने पक्राउ



काठमाडौं, २२ भाद्र । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई मार्छु भनी अन्तर्वाता दिने संजय शाक्यलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा भिडलाई उत्तेजित पारी  मेयर महर्जनलाई ज्यान मारिदिने धम्कीसहितको अन्तर्वाता दिएको अभियोगमा ललितपुर कुसुन्तीका शाक्य पक्राउ परेका हुन् ।

गत बिहीबार ललितपुर पुल्चोकमा भएको घटना सम्बन्धमा ढुङगामुढा गर्ने, उपस्थित भिडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरलाई मार्छु समेत भनी सार्वजनिक रुपमा अन्तर्वाता दिने व्यक्तिको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले शाक्यलाई उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।  उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाएको उक्त महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्