Logo

बाघको छाला र हड्डी सहित पक्राउ



बझाङ, २२ भाद्र । बाघको छाला र हड्डी सहित दुई व्यक्ति पक्राउ परेका छन् । बुङगल नगरपालिका विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित उनीहरुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका बड्डीज्याबनका हरजित बोहरा र बिरेन्द्र बोहरा रहेका छन् । सुदुर पश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त छाला र हड्डी फेला पारेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्