Logo

ज्यानको खतरा बढेपछि बलिउड नायिका कंगना रनौटको सुरक्षामा दुईजना हतियारसहितको सुरक्षागार्ड



एजेन्सी, २२ भाद्र । बलिउड नायिका कंगना रनौटमाथि सुरक्षा खतरा बढेपछि भारत सरकारले ‘वाइ प्लस’ श्रेणीको सुरक्षा दिएको छ । उनलाई दुईजना हतियारसहितका सुरक्षागार्ड दिइएको छ ।

हिमाञ्चल प्रदेशमा रहेकी रनौटलाई मुम्बई नआउन शिवसेनाका एकजना नेताले धम्की दिएका थिए । उनीमाथि ज्यान मार्ने धम्की समेत आएको थियो । त्यसपछि रनौटले आफ्नो ज्यानको खतरा बढेको बताएकी थिइन् ।

रनौटले सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा बलिउडमा धेरै कलाकारहरु लागऔषधसँग जोडिएको अभिव्यक्ति दिएकी थिइन् । उनले करिअरको शुरुमा आफूलाई समेत लागूऔषध सेवन गर्न वाध्य पारिएको बताएकी थिइन् । उनले मुम्बई किन ‘पाकिस्तान नियन्त्रित काश्मिर जस्तो भएको हो ?’ भनी ट्वीट गरेकी थिइन् । रनौट आक्रामक अभिव्यक्तिका कारण विवादमा आइरहन्छिन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्