काठमाडौं, २२ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज चार महिलासहित कुल ११ जनाको मृत्यु पुष्टि भएको छ । आज थपिएकासँगै मृत्यु हुनेको संख्या तीन सय पुगेको छ ।
आज स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४ महिला र ७ पुरुषको मृत्यु पुष्टि भएको छ । देशभर दुई सय १७ पुरुष र ८३ महिलाको मृत्यु भइसकेको छ ।
भाद्र महिनामा एक सय ९६ जनाको मृत्यु भइसकेको छ । जुन यसअघि मृत्यु भएकाभन्दा झण्डै दोब्बर हो ।
मृतकको विवरण
१. मोरङका ७६ वर्षीय पुरुष
२. सिराहाका ८७ वर्षीय पुरुष
३. सिराहाका ६२ वर्षीय पुरुष
४. सर्लाहीका ३५ वर्षीय पुरुष
५. दोलखाका ६९ वर्षीय पुरुष
६. मकवानपुरका ३९ वर्षीय पुरुष
७. काठमाडौंकी ३७ वर्षीया महिला
८. काठमाडौंकी ९० वर्षीया महिला
९. काठमाडौंकी ८३ वर्षीया महिला
१०. कास्कीकी ६३ वर्षीया महिला
११. बाँकेका ५९ वर्षीय पुरुष