Logo

करीना कपुरले अजय देवगनलाई किस गर्न अस्विकार किन गरिन् ?



एजेन्सी, २२ भाद्र । बलिउड अभिनेता अजय देवगन र अभिनेत्री करीना कपुर केहि फिल्ममा एकैसाथ काम गरेका थिए । ओमकारा, सत्याग्रह, गोलमाल सीरीज, सिंघम २ जस्ता केहि हिट फिल्ममा सँगै काम गरेका हुन् । यी दुवैले अभिनय गरेका सबै फिल्म सुपरहिट भए । दर्शकले उनीहरुको जोडीलाई धेरै मन पराएका थिए । अहिले करीना कपुर र अजय देवगनको पुरानो किस्सा लिएर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अजय र करीनाको स्क्रिनमा किसको सिनलाई लिएर भाइरल भएको छ । ७ वर्ष अघिको फिल्म ‘सत्याग्रह’ २०१३ मा रिलिज भएको थियो । उक्त फिल्ममा दुईजनाबीचमा एक लिपलक गर्नुपर्र्ने सिन थियो, तर करीनाले अजयलाई किस गर्न अस्विकार गरेकी थिइन् ।

प्रकाश झाले निर्माण गरेको उक्त फिल्मको सुर्टिङ हुँदै गर्दा करीनाको सैफ अलि खानसँग विवाहको चर्चा चलेको थियो । सैफ अलि खानसँग विवाह नजिक हुँदा करिनाले अजयसँग किस खाने सिनलाई अस्विकार गरेको एक पत्रिकाले उल्लेख गरेको छ ।

विवाह अगाडी करीनाले केहि फिल्ममा लिपलकका दृश्यहरु दिएकी थिइन् । ‘जव वी मेट’ फिल्ममा दिएको एक सिनको चर्चा धेरै भएको थियो । उक्त फिल्ममा करीनासँग शाहिद कपुरको किस सिन थियो । ‘कमबख्त इश्क’ मा करीनाले अक्षय कुमारसँग १० पटक लिप लक गरेकी थिइन् । अर्जुन कपुरसँग पनि चुम्बनको सिन गरेकी थिइन् ।

अहिले करीना गर्भवस्थाको अवधिमा परिवारसँग रमाइलो गर्दैछिन् । अब उनी चाडै नै दोश्रोपटक आमा बन्दै छिन् । उनले अमिर खानसँग ‘लाल सिंह चट्ट’मा सुर्टिङको काम गर्नेछिन् । करीनाले १ सय दिन सुर्टिङको काम गर्नुपर्ने छ ।

 



प्रतिक्रिया दिनुहोस्