Logo

‘हुतुतु’मा साम्राज्ञीलाई अफर



काठमाडौ, २२ भाद्र । फिल्मी पारिवारीक माहौलमा हुर्किएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह एक समय नेपाली चलचित्रमा महंगी नायिकाको रुपमा पहिचान बनाएकी थिइन् । पहिलो फिल्मबाट सफलता हासिल गरेकी साम्राज्ञी पछिल्ला समयमा भने कुनै फिल्ममा हस्ताक्षर गरेकी थिइनन् ।

गएको वर्ष नायिका सामाज्ञीले ‘रातो टिका निधारमा’ फिल्ममा अभिनय गरेपछि कुनै फिल्ममा देखिएकी छैनन् । अब भने नयाँ फिल्ममा अभिनय गर्ने सुरमा छिन् । अहिले उनलाई ‘प्रेमगीत’ सिरीज निर्माण टोलीले बनाउने फिल्म ‘हुतुतु’ मा अफर गरेको छ ।

सन्तोष सेन र छेतन गुरुङले सयुक्त रुपमा निर्देशन गर्ने ‘हुतुतु’ फिल्ममा गौरव पहाडी, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, सलोन बस्नेतको मुख्य अभिनय रहनेछ भने साम्राज्ञी एक मात्र अभिनेत्रीको रुपमा हुनेछिन् । साम्राज्ञीलाई कथावस्तु र आफुले गर्नुपर्ने रोल मन परेपनि काम गर्ने नगर्ने निर्णय भने गरेकी छैनन् । उनले एक महिना अगाडी मात्र एक फिल्ममा हस्ताक्षर गरेकोले समय व्यवस्थापन गर्दै छिन् ।



प्रतिक्रिया दिनुहोस्