Logo

जिप दुर्घटनामा दुईको मृत्यु, पाँच घाईते



तनहुँ, २३ भाद्र । तनहुँको रिसिङ गाउँपालिका–१ खाल्टेमा सोमबार बिहान यात्रुजीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने पाँच यात्रु घाईते भएका छन् । दमौलीबाट रिसिङजाँदै गरेको ग १ ज ७१२८ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी व्यास नगरपालिका–५ का ५५ वर्षिय राजकुमार श्रेष्ठ र म्याग्दे गाउँपालिका–७ बस्ने वर्ष ३२ को होमबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक ९एसपी० अरुण पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा पछि गंभिर घाईते भएका श्रेष्ठद्धय मध्ये राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा र होमबहादुरको उपचारको लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

घाईते पाँच मध्य एक जना सामान्य अवस्थामा रहेकोले उपचार पछि घर फर्किएको र चार जनाको पोखरामा उपचार भईरहेको छ । व्यास नगरपालिका–५ बस्ने वर्ष ४९ का सन्तकुमार श्रेष्ठ, वर्ष ५२ को मधुुुसुधन श्रेष्ठको गण्डकी मेडिकल कलेजमा र वर्ष ३४ की सङ्गीता अधिकारी र वर्ष ५१ को रामकुमार श्रेष्ठको मणिपाल शिक्षण अस्पतालमा उपचार भइराखेको एसपी पौडेलले जानकारी दिनुभएको खबर आजको गोरखापत्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्