Logo

कोरोनाबाट नेपालमा पहिलो पटक पत्रकारको निधन



कपिलवस्तु, २३ भाद्र । कपिलवस्तुमा रहेर टेलिभिजन क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील बनारसी वर्माको सोमबार दिउँसो निधन भएको छ । मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित ६२ वर्षीय वर्मा उपचाररत रहेको परिवारले जनाएको छ । उनको मृत्युपछि गरिएको स्वाब टेस्टमा कोरोना पुष्टि भएको थियो ।

उनी नेपाल पत्रकार महासङ्घकका पूर्वउपाध्यक्ष र मधेशी पत्रकार समाजको केन्द्रीय उपाध्यक्षको पदमा पनि रहेका थिए । पत्रकार वर्माको निधनप्रति सङ्घीय सांसदहरु बृजेश कुमार गुप्ता, अभिषेक प्रताप शाहले दुःख व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, मधेशी पत्रकार समाज, प्रेस सेन्टरलगायत पत्रकार सम्बद्ध सङ्घ संस्थाले समवेदना प्रकट गरेका छन् ।

स्वर्गीय पत्रकार वर्माको सोमबार नै तौलिहवाको वाण गंगा नदीको रामघाटमा दाह संस्कार गरिने कार्यक्रम रहेको छ । वर्माका पत्नी, दुई छोरी र दुई छोरा छन् । यो खबर आजको समाचार पत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्