Logo

निषेधाज्ञा खुकुलो हुँदा पनि खुलेनन् व्यवसाय



सुनसरी, भदौ २३ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा खुकुलो बनाउँदै भदौ १८ गते बिहीवारदेखि बिहान ७ बजेदेखि १० बजेसम्म जिल्लाभरका व्यवसाय सञ्चालन गर्न अनुमति दिएको थियो । तर, कोरोनाको कहरले व्यवसायीहरूले अपेक्षित रूपमा व्यवसाय खुल्ला गरेका छैनन् ।

सुनसरीमा निषेधाज्ञा खुकुलो भए पनि धेरैजसो व्यवसायीहरूले व्यवसाय सुचारू गरेका छैनन् । सुनसरीको इटहरीमा आधाजसो मात्रै पसल खुलेका छन् भने खुल्ला भएका पसलहरू पनि सुनसान झैं देखिन्छन् ।

नेपालीहरूको महान पर्व वडा दशैं र तिहार नजिकिदै गर्दा प्रशासनले सीमित समय तोकेर व्यवसाय सुचारू गर्न अनुमति दिए पनि समय अपुग भएको र यसो गर्दा व्यवसाय झन् ओरालो लाग्ने इटहरीका व्यवसायीहरूको भनाइ छ ।

व्यवसाय सुचारू गर्दा बिहानदेखि साँझ ६ बजेसम्म सुरक्षा सतर्कता अपनाएर गर्न पाउनुपर्ने इटहरीका व्यवसायीहरूको माग छ ।

विगतका वर्षहरूमा दशैं नजिकिएसँगै किनमेलका लागि भीड हुने नाम चलेका पसलहरू, सपिङ कम्प्लेक्स लगायत व्यापारिक महलहरूमा कोरोना संक्रमणको सन्त्रासका कारण ग्राहकहरू नआएको गुनासो सञ्चालकहरूको रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्