Logo

घरैपिच्छे कोरोना संक्रमित, टोल सिल



सुनसरी, भदौ २३ । जिल्ला सदरमुकाम इनरुवा वडा नं। ५ को प्रगतिपथमा घरैपिच्छे कोरोना संक्रमित भेटिएका छन्। कोरोना संक्रमित कठिनपूर्वक होम आइसोलेसनमै बसेका छन्।

कृष्णजन्म अष्टमीमा कोरोनाको लक्षण देखिएका केही व्यक्ति सामूहिक पूजामा भेला भएपछि पहिलो चरणमा पिसिआर परीक्षण गर्दा एक जनामा पुष्टि हुन पुग्यो। उनीसँगको सम्पर्कमा रहेका थप १३ जनाको पिसिआर परीक्षण गर्दा तिनीहरुमा पनि पुष्टि नै हुन पुग्यो।

यसरी एकपछि अर्कोमा कोरोना पुष्टि हुने क्रमसँगै अहिले त प्रगतिपथको घरैपिच्छे कोरोनाका बिरामी भेटिन्छन्। ‘कुनै घरमा दुई जना कुनैमा चारजना सम्मलाई कोरोना पुष्टि भएको छ,’ पत्रकार समेत रहेका स्थानीय लक्ष्मी दंगालले भने, ‘पिसिआर परीक्षण गर्दा दिनैपिच्छे संख्या उकालो लागि रहेको छ।’ कोरोना पुष्टि भएका स्थानीयले कठिनपूर्वक बस्न बाध्य भएका छन्। ‘दुःख गरेर अलग अलग बस्ने र शौचालय बनाएका छन्,’ दंगालले भने, ‘अन्यत्र आइसोलेसनमा लगेर राखिएको छैन्।’

कोरोना संक्रमितको अवस्था अहिलेसम्म सामान्य रहेपनि अन्यत्रै लगेर राख्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले बताए। ‘घरहरु व्यवस्थित छैनन, गढी गाउँपालिकाको आइसोलेसनमा लगेर राख्ने कुरा भइरहेको छ,’ उनले भने। घर व्यवस्थित नभएकाले गर्दा आइसोलेसनमा राख्नुपर्ने प्रजिअ पोखरेलले बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्