एजेन्सी, २३ भाद्र । भारत र चीनबीच फेरि युद्धको खतरा बढेको छ । विवाद बढेको लद्दाख क्षेत्रको पाङगोङ सो ताल नजिक हवाई फायर समेत भएको छ ।
सोमबार राति भारतीय फौजले चेतावनी दिदै फायरिङ गरेको चिनियाँ पक्षको आरोप रहेको छ । लगत्तै उक्त क्षेत्रमा तनाव बढेको छ ।
चिनियाँ पक्षबाट जनमुक्ति सेनाका पश्चिम कमाण्डका प्रवक्ता कर्णेल झाङ सुइलीले भारतीय सेनाले चीन र भारतबीचको सीमा पार गरेको र सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । यसले क्षेत्रीय तनाव बढाउने र समस्या ल्याउन सक्ने चेतावनी समेत दिएका छन् ।
भारतीय सेनाले भने चीनको आरोपबारे कुनै प्रतिक्रिया नदिएको इन्डियन एक्सप्रेसले जनाएको छ । चिनियाँ पक्षले यसलाई उत्तेजित पार्ने गतिविधि भनेको छ ।
दुई देशबीच सीमामा तनाव हुन नदिन सैन्य तथा राजनीतिक तहमा समेत वार्ता भएको छ । यस्तो अवस्थामा पनि विवाद बढेको छ ।-File Photo: Agency